Comments Add Comment

भाइ मसला : पोषणको प्याकेज

आफ्ना माइतीको दीर्घायुको कामना गर्दै चेलीहरुले भाइटीका लगाइदिन्छन् । चेली र माइतीको सम्बन्धलाई थप प्रगाढ बनाउने यस क्षणका चेलीले माइतीलाई सायपत्री र मखमली फूलको माला लगाइदिने, ढाका टोपी लगाइदिइने, सप्तरंगी टीका लगाइदिने गर्छन् ।

यसैगरी मिठाइजन्य परिकारसँगै कोसेलीको रुपम ल्वाङ, सुकुमेल, ओखर, बदाम, नरिवल, काजु, किसिमिस आदि दिने गर्छन् । यी परिकार आफैमा पोषणले भरिपूर्ण हुन्छन्, स्वादिलो त छँदैछ । समग्रमा यी ड्राइ फ्रुट्सलाई भाइ मसला भन्ने गरिन्छ ।

भाइमसलाको फाइदा

भाइ मसलाको रुपमा समेटिने ओखर, नरिवल, बदाम, सुपारी काजु आदि पोषणको खजना हो । खासगरी जाडो याममा शरीरलाई आवश्यक पोषणको आपूर्ति गर्न यही खानेकुरा उपयोगी हुन्छ । यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

भाइ मसलाको रुपमा समेटिने ओखर आफैमा एन्टि अक्सिडेन्टको स्रोत हो । सले शरीरलाई संक्रमणबाट जोगाउनुका साथै कयौ विमारीहरुबाट शरीरलाई बचाउँछ ।

ओखरमा ओमेगा ३ फैटी एसिड तथा एन्टीअक्सीडेन्ट तत्व हुने भएकोले यसले शरीरको रक्तसञ्चारलाई मजबुत बनाउँछ । साथै, दिमागलाई तेजिलो बनाउन मद्दत गर्छ । यसको दैनिक सेवनले जाडोमा ब्रेन स्ट्रोक हुनबाट शरीरलाई जागाउँछ ।

प्रोपटिनयुक्त बदाममा अनेकौ गणु पाइन्छ । यसमा फ्याटी एसिड हुनुका साथै प्रशस्त मात्रामा फाइबर पाइन्छ । बदामले मुटु स्वस्थ्य राख्न मद्दत गर्नुका साथै यसलाई कपालमा तेलको रुपमा तथा अनुहारमा फेस मास्कको रुपमा समेत लगाउन सकिन्छ ।

खाली पेटमा दैनिक ४ वटा बदामको सेवनले मुटु रोगको आंशका कम गर्छ । साथै, दैनिक रुपमा बदामको सेवनले शरीरको कोलेस्ट्रोल कम गर्नुका साथै मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

काजुमा एन्टी एजिङ्ग तत्व, भिटामिन बी लगायतका विभिन्न पोषण तत्व रहेको हुन्छ । जाडो मौसममा दैनिक काजुको सेवन गर्ना अनुहारलाई चाउरी पर्न दिदैन । साथै, अनुहारको छालालाएई ताजा राख्छ । त्यसैले त काजुको लेप बनाएर अनुहारमा समेत लगाउने गरिन्छ । काजुले शरीरको व्लड कोलेस्ट्रोल तथा व्लड शुगरलाई समेत नियन्त्रित गर्छ ।

किसमिसमा हुने भिटामिन ए, पोटेसियम, म्याग्नेसियम, फस्फोरस र आइरनको भरपूर मात्राले तपाईंलई एनिमियाबाट बचाउँछ । किसमिसले रक्तसञ्चार नियन्त्रणमा राख्न सहयोगय गर्छ । किसमिसको सेवनले आँखालाई ताजा राख्छ, दाँतको रोगबाट बच्ने तथा त्वचालाई उर्बर राख्न मद्दत मिल्छ ।

उचित मात्रा

नेपालीमा एउटा भनाई छ, धेरै खायो भने औषधि पनि विष हुन्छ । धेरै खायो भने चिनी पनि तीतो हुन्छ । ठीक यसैगरी पोषणले भरिपूर्ण भाइ मसला पनि आवश्यक्ताभन्दा धेरै खाँदा फाइदा गर्दैन । बरु, यसले हानी पु¥याउँछ ।

धेरै मात्रामा भाइ मसला सेवन गर्दा ग्याष्ट्रिक हुने, पचाउन गाह्रो हुने, कब्जियत हुने, पखला लाग्ने जस्ता समस्या देखापर्छ ।

भाइ मसलामा विभिन्न पोषक तत्वका साथसाथै प्राकृतिक चिनी पनि पाइन्छ । तर, कतिपयमा फ्रक्टोजको रुपमा यस्तो चिनी अत्यधिक मात्रामा हुन्छ, जुन स्वास्थ्यका लागि फाइदाजन नहुन सक्छन् । यो ब्लड सुगर र डाइबिटिजका बिरामीहरुका लागि हानीकारक हुन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment