+
+
Shares

एक महिनामै ५३ करोडको ‘भाइ मसला’ आयात

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३० गते १२:१०

३०, कात्तिक, काठमाडौं । कात्तिकको एक महिनामा मात्रै तिहार लक्षित ५३ करोड ७४ लाख रुपैयाँ बराबरको भाईमसलाको पपिरकाकरा आयात भएको छ ।

कात्तिक एक देखि २७ गतेसम्म ५३ करोड ७४ लाख ७४ हजार ४२२ रुपैयाँ बराबरको भाई मसलामा प्रयोग हुने खाद्य वस्तु तथा मसला आयात भएको विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।

चार साता अवधिमा तिहारको भाई मसलामा प्रयोग हुने काजु, नरिवल, बखाम, अलमण्ड, ओखर, पिस्ता, खजुर, छोकडा, अजिर, कीसमीस र सुपारी आयात भएको हो । विभागका अनुसार तिहारकालागि अति आवश्यक मानिने ओखर मात्रै १० करोड ५७ लाख ५१ लाख रुपैयाँ बराबरको ३ लाख ३९ हजार किलो भित्रिएको छ ।

यस्तै ११ करोड ५९ लाख रुपैयाँ बराबरको १२ लाख ६९ हजार किलो नरिवल, १९ करोड ३५ लाख रुपैयाँ बराबरको दुई लाख ४६ हजार किलो काजु पनि चार साता अवधिमा आयात भएको छ ।

६ करोड २८ लाख रुपैयाा बराबरको ९३ हजार किलो बदाम र अलमण्ड पनि तिहारकै लागि नेपाल भित्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?