
१ मंसिर, चितवन । मकवानपुरका एकजना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा चितवनको भरतपुरमा मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका-४ का ५४ वर्षीय पुरुषको भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।
सोमबार नै कोरोना संक्रमण पुष्टि भएका उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो ।
यसअघि आइतबार साँझ पनि मकवानपुर बकैया-७ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको भरतपुर अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4