
२ मंसिर, गोरखा । गोरखा अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पालुङटार नगरपालिका–७ च्याङलीका ८३ वर्षीय पुरुषको उपचारको क्रममा मंगलवार विहान ७ बजेर २५ मिनेटमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
दुई हप्ता अघि कोरोना संक्रमण पुष्टि भएका उनी यही कात्तिक २७ गते अस्पताल भर्ना भएका थिए । उनको आइसियूमा उपचार भइरहेको थियो । उनी फोक्सोको क्यान्सरका बिरामीसमेत रहेको अस्पतालले जनाएको छ ।
शव व्यवस्थापनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए । ‘शव लाने काम सेनाले गर्छ, शव व्यवस्थापन भने आफन्त आफैंले उहाँहरुकै घाटमा गर्नुहुन्छ,’ उनले भने ।
योसँगै गोरखा जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4