Comments Add Comment

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

२ मंसिर, जनकपुरधाम । सर्लाहीको दुई छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । बरहथवा नगरपालिका २ स्थित भित्री सडक खण्डमा राखिएको ट्याक्टरको टेलरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

स्थानीय ठेकेदार सुरेश कार्कीले आफ्नो ट्याक्टरको टेलर फुकाली बाटो छेकी राखेको अवस्थामा हजरियाबाट बरहथवातर्फ आउँदै गरेको बा.३५प.३०२७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । ट्याक्टरको नम्बर भने खुलेको छैन ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका ३ बस्ने २५ वर्षीय सुनिल कुशवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार राति घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको तथा टेलरलाई नियन्त्रणमा लिई ट्याक्टरको खोजतलाश भइरहेको प्रहरीले जनाएको छ ।

सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरका अनुसार बाटो बनाइरहेको अवस्थामा ठेकेदार कार्कीले टेलरले बाटो छेकेका थिए ।

यस्तै, हरिवन नगरपालिका ११ स्थित भित्री सडकखण्डमा मोटरसाइकलले दिएको ठक्करबाट एकजना बालिका घाइते भएकी छन् ।

ना.५८ प. ६२१९ नम्बरको मोटरसाइकलले दिएको ठक्करबाट स्थानीय सुभाष कार्कीकी ११ बर्षीया छोरी श्रीयान्सी कार्की घाइते भएकी छन् ।

उनको बाँया खुट्टा भाँचिएको र टाउकोमा चोट लागेको छ । प्रहरीका अनुसार उनको नमुना अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने मोटरसाइकल र त्यसका चालक हरिवन नगरपालिका ५ बस्ने २२ वर्षीय सुनिलकुमार साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment