Comments Add Comment

त्रिभुवन विमानस्थलमा ३५० सुरक्षाकर्मी अट्ने स्थायी आवासगृह तयार

२ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ सय ५० जना सुरक्षाकर्मी अट्ने आवासगृह संचालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आवास गृहको मंगलबार उद्घाटन गरेका छन् ।

अब विमानस्थलको सुरक्षामा खटिने सुरक्षाकर्मीले विमानस्थलभित्रै स्तरीय आवास सुविधा पाउने भएका छन् । यसअघि विमानस्थलमा अस्थायी संरचना बनाएर सुरक्षाकर्मीलाई राखिएको थियो ।

अहिले विमानस्थल परिसरभित्र कार्गो भवन नजिकै सुरक्षाकर्मी राख्ने गरी संरचना बनेको हो । त्रिभुवन विमानस्थलको बाहिरी सुरक्षा नेपाली सेनाले गरिरहेको छ । भित्री तहको सुरक्षामा भने नेपाल प्रहरी खटिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment