
२ मंसिर, काठमाडौं । प्रहरीले चन्द्रागिरि नगरपालिका–५, दूरसञ्चारमा रहेको ग्यारेजमा जुवा खेलिरहेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ घर भइ चन्द्रागिरि बस्ने रत्नबहादुर तामाङ, प्रेमबहादुर तामाङ, सोलुखुम्बु घर भइ गोकर्णेश्वर बस्ने कृष्ण परियार र चन्द्रागिरि–१५ का निरनकुमार प्रधान छन् ।
महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
ग्यारेज मानबहादुर तामाङको हो । जुवाडेको साथबाट २ लाख ४७ हजार ८ सय ५० रुपैयाँ र ११ वटा ओखर बरामद गरिएको श्रेष्ठले बताए ।
पक्राउ परेका चारै जनामाथि मुलुकी अपराध संहितामा भएको जुवा सम्बन्धी कसुर अन्तर्गत म्याद थप गरी अनुसन्धान गर्ने तयारी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4