Comments Add Comment

नेपाली रेष्टुरेन्टमा आगलागीपछि हङकङमा पुराना भवनको अनुगमन गरिने

२ मंसिर, काठमाडौं । हङकङको फायर सर्भिस डिपार्टमेन्ट (एफएसडी) र बिल्डिंग्स डिपार्टमेन्ट (बीडी)ले ६० वर्षभन्दा पुराना करिब २५ सय डोमेस्टिक वाच कम्पोजिट भवनको अनुगमन गर्ने भएको छ । यस वर्षको अन्तिमसम्ममा सहरका सबै पुराना भवनहरुको अनुगमन गरिने चाइना डेल्लीले उल्लेख गरेको छ ।

आइतबार बेलुका हङकङको नेपाली रेष्टुरेन्टमा भएको आगलागीमा ८ वर्षीय बालकसहित ७ जनाको मृत्यु भएसँगै हङकङले ६० वर्षभन्दा पुराना सबै भवनको अनुगमन गर्ने भएको हो ।

उक्त नेपाली रेष्टुरेन्टको भवन पुरानो रहेको, एउटामात्र भर्‍याङ रहेको र अग्नि नियन्त्रण प्रणालीको व्यवस्था नगरिएको पाइएको समाचारमा उल्लेख छ । साथै उक्त रेष्टुरेन्ट सञ्चालनको लागि प्रशासनसँग अनुमति पनि लिइएको थिएन ।

सोमबार हङकङकी नेतृ क्यारी लामले पनि आगलागी भएको क्षेत्रको भ्रमण गरेकी थिइन् । उनको भ्रमणसँगै हङकङले पुराना भवनहरुको अनुगमन गर्ने भएको हो ।

आगामी दिनमा हङकङका दुई डिपार्टमेन्टले पुराना भवनहरुमा आगलागी भएको अवस्थामा बाहिर निस्किने वा सजिलैसँग पुग्न सक्ने अवस्था छ कि छैन भन्ने अनुगमन गरिनेछ ।

स्रोत :चाइनाडेल्ली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment