Comments Add Comment

विवेकशीलका दुई तिहाइ सदस्य साझासँग एकीकरण गर्न सहमत

साझाले पनि केन्द्रीय समितिमा छलफल गर्दै

२ मंसिर, काठमाडौं । विवेकशील नेपाली दलका दुई तिहाइ सदस्यले साझा पार्टीसँग एकीकरण गर्न सहमति दिएका छन् । दलले २६ र २७ कात्तिकमा एसएमएस र ईमेलबाट गरेको मतदानका क्रममा दुई तिहाइ सदस्यले एकीकरण गर्न सहमति दिएका हुन् ।

तर,  पार्टी एकीकरण भने राजनीतिक संवाद समितिले तयार पारेको संयुक्त प्रतिवेदन अनुसार हुनुपर्नेछ । पार्टी अध्यक्ष मिलन पाण्डेका अनुसार विवेकशील नेपाली दलको विधानअनुरूप सहभागितामूलक लोकतन्त्रको व्यवहारिक अभ्यास गर्दै साझा पार्टीसँग एकीकरणसम्बन्धी प्रस्तावमा मतसंग्रहका लागि मतदान गरिएको थियो ।

शीर्ष नेताहरू मात्र मिलेर पार्टी एकीकरण गर्ने प्रचलनलाई तोड्दै विवेकशील नेपाली दलले आम सदस्यहरूको मतमार्फत एकीकरणको निर्णय गरेको जनाएको छ ।

साझा पार्टीले भने एकतासम्बन्धी प्रस्ताव केन्द्रीय समितिमा पेश गरेर निर्णय गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment