+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

सुर्खेतमा ५१ हजार रुपैयाँसहित ११ जुवाडे पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २ गते १७:५५

२ मंसिर, सुर्खेत । सुर्खेको पञ्चपुरीबाट ११ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पञ्चपुरी नगरपालिका-६, स्थित रंगप्रसाद देवकोटाको घरबाट ५१ हजार २८५ रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक बखतबहादुर शाहीको कमाण्डमा खटिएको टोलीले ११ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेत प्रहरीका अनुसार पञ्चपुरी नगरपालिका-४, का ३४ वर्षीय घनबहादुर नेपाली, ४२ वर्षीय कुशल नेपाली, ३४ वर्षीय अम्मर नेपाली, ३० वर्षीय जनक थापा, ३२ वर्षीय नेत्र कार्की, ३१ वर्षीय रामबहादुर नेपाली, ४३ वर्षीय भवि विश्वकर्मा, ३९ वर्षीय धनबहादुर शाही, ४० वर्षीय सञ्जन कार्की, ४६ वर्षीय रंगप्रसाद देवकोटा र ४८ वर्षीय रतन देवकोटालाई नियन्त्रणमा लिइएको हो ।

देवकोटाको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो । पक्राउ परेका ११ जनालाई जुवा ऐनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?