+
+
Shares

लमजुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३ गते ८:३९
फाइल तस्वीर

३ मंसिर, लमजुङ । लमजुङको दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग १ ज ७१२७ नम्बरको जीप मंगलबार साँझ सडकबाट किसेदी खोलामा खस्दा पाचोककै ७० वर्षीय सोनी गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार जीप दुर्घटनामा घाइते गुरुङको स्थानीय मेडिकलमा उपचारका क्रममा मृत्यु भएको हो । गुरुङको शव परीक्षणका लागि बेँसीशहर नगरपालिका–८ स्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ ।

दुर्घटनामा घाइते भएका ११ जनामध्ये चार जनाको अवस्था गम्भीर र सात जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भीर घाइते हुनेहरुमा दोर्दी गाउँपालिका वडा नं. ५ का १५ वर्षीय निराजन गुरुङ, १७ वर्षीय सुरेश गुरुङ, २० वर्षीय प्रकाश गुरुङ र वडा नम्बर ४ का ४८ वर्षीय पञ्चबहादुर तामाङ छन् ।

त्यस्तै अन्य घाइतेहरुमा जीप चालक दोर्दी–५ पाचोकका ३७ वर्षीय मखनसिंह गुरुङ, सोही वडाका ३५ वर्षीय दुखित गुरुङ, पाँच वर्षीय दीपशन गुरुङ, पाँच वर्षीया आशिका गुरुङ, ४२ वर्षीया मसिना गुरुङ, १६ वर्षीय निराञ्जन गुरुङ र आठ वर्षीया निर्जला गुरुङ रहेका छन् । घाइतेहरुको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको हातखुट्टा, ढाड, टाउकोलगायत शरीरका विभिन्न स्थानमा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक पुनका अनुसार जीप सडकबाट १५ मिटर तल किसेदी खोलामा खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?