+
+
Shares

तनहुँको मानुङडाँडा जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा १ को मृत्यु, ८ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३ गते ९:२८

३ मंसिर, तनहुँ । पछिल्लो समय निकै चर्चामा आएको तनहुँको मानुङडाँडा जाँदै गरेको हायस माइक्रो बस बुधबार विहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

सूर्योदयको अवलोकन लागि भनेर यात्रु बोकेर दमौलीबाट जाँदै गरेको ग १ ख २९४२ नम्बरको माइक्रो बस दुर्घटना हुँदा पोखरा महानगरपालिका गगनगौंडाकी २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा दमौलीको रत्नहरी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए । घाइतेहरु सबैको दमौलीमा उपचार भैरहेको छ ।

हायस मानुङ पुग्नै लाग्दा ब्रेकरका कारण उक्लन नसकेपछि ब्याक भएर करिब तीन सय मिटर तल खसेको थियो ।

‘मानहुँकोट’ पनि भनिने मानुङकोट रमणीय दृष्य अवलोकनका लागि आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ । दशैं विदाको बेला पर्यटकहरुको अत्यधिक भीड भएपछि आगन्तुकहरुको कोटा तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?