
नायिका नम्रता श्रेष्ठको अभिनयसँगै सुन्दरताको पनि निकै चर्चा हुन्छ । आफूलाई जस्तोसुकै भूमिकामा ढाल्न सिपालु नम्रता आफूलाई मेन्टेन पनि राख्छिन् । चलचित्र ‘जाइरा’मा अभिनय गरेपछि नयाँ चलचित्र साइन नगरेकी नम्रता लकडाउनको समयमा पुस्तक पढ्न, संगीत सिक्न व्यस्त देखिइन् ।
नम्रता प्रकृतीको सुन्दरतासँग बढी रमाउँछिन् । यसैले त उनी केही समय अगाडि लुक्ला पुगिन् र प्रकृतीको सुन्दरतामा हराइन् । चलचित्र क्षेत्रले विवाद भोगिरहँदा नम्रताले आफूलाई विवादबाट टाढा राखिन् । यसैले, उनकोबारेमा चासो दर्शकलाई सधै हुन्छ ।
नम्रताले सामाजिक संजालमा शेयर गरेका केही तस्वीरमा उनको सुन्दरता झल्किएको छ ।
तस्वीरः नम्रताको फेसबुकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4