Comments Add Comment

नकारात्मक प्रतिक्रिया दिनेलाई वर्षाको जवाफ

सेलिब्रिटी भैसकेपछि सकारात्मक र नकारात्मक दुबै प्रतिक्रिया आउँछ । यसैले, कलाकारले सधै तारिफ र सधै गालीको मात्र अपेक्षा पनि गर्दैनन् । तर, पछिल्लो समय सामाजिक संजालमा कलाकारमाथि भद्दा टिप्पणी निकै बढेको छ । अझ, कलाकारको परिवारलाई समेत हानी पुग्ने खालका प्रतिक्रिया आउने गर्छन् ।

यसले, कलाकारको परिवारलाई समेत असर पुग्ने गरेको छ । कलाकारले त जसोतसो यस्ता प्रतिक्रियालाई विर्सन सक्लान् तर उनीहरुको परिवारका लागि भने यस्ता प्रतिक्रियालाई आत्मसाथ गर्न सहज हुँदैन ।

लकडाउनको समयमा दिएको एक अन्तरवार्तामा राष्ट्रियताको बिषयमा बोलेको कुराले नायिका वर्षा राउतले ठूलो समस्या भोगिन् । उनीमाथी भद्दा र अश्लिल गाली बर्सियो । वर्षा अहिले यसबाट बाहिरिदैछिन् । तर, अझै पनि केही प्रतिक्रियाहरुले भने उनलाई दिक्क बनाउने गरेको छ ।

वर्षाले सामाजिक संजालमा आफ्नो परिवारलाई लक्षित गर्दै गरेको गाली शेयर गरेकी छिन् । वर्षा यस्ता मानिसहरु गाली गरेर त रमाउँछन् तर आफ्नो अनुहार देखाउने हिम्मत समेत गर्दैनन् भन्छिन् ।

तस्वीर नराखिएका एकाउन्टबाट आउने यस्ता गालीलाई वर्षाले अब सहज रुपमा लिन थालेको देखिन्छ । उनले, गाली त गर्ने तर आफ्नो अनुहार समेत देखाउन लाज मान्ने भन्दै जवाफ दिएकी छिन् ।

वर्षा मात्र होइन, अहिले थुप्रै कलाकार यस्ता खालका एकाउन्टबाट आउने गालीका कारण हैरान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment