Comments Add Comment

राष्ट्रपतिले किन ठड्याए कुकुरको विशाल स्वर्ण सालिक ?

देशका राष्ट्रपतिले राजधानीको सडक चोकमा सुनले बनाएको कुकुरको विशाल सालिक ठड्याए भन्ने सुन्दा आश्चर्य लाग्ला । तर मध्य एसियाली मुलुक तुर्कमेनिस्तानका राष्ट्रपतिले आफूलाई मनपर्ने एउटा कुकुरको विशाल सुनौलो मूर्ति सडकमा ठड्याएका छन् ।

तुर्कमेनिस्तानका राष्ट्रपति गुरबांगुली बर्दीमुहामेदोले राजधानी अश्गाबातको एक क्षेत्रमा उक्त कुकुरको मूर्ति ठड्याउन आदेश दिएका थिए । सन् २००७ देखि सासन सत्ता सम्हालिरहेका राष्ट्रपति गुरबांगुलीको आदेशमा तयार भएको उक्त विशाल कुकुरको सुनौलो मूर्तिको मंगलबार अनावरण गरिएको छ । उक्त कुकुरको सालिक ६ फिट अग्लो छ ।

राष्ट्रपति गुरबांगुली अलाबी नश्लको कुकुरका पारखी हुन् । त्यसैले उनले सो कुकुरको विशाल सालिक बनाउन लगाए ।

स्मरण रहोस् अलाबी तुर्कमेनिस्तानको रैथाने जातको कुकुर हो । उक्त कुकुरलाई त्यहाँको राष्ट्रिय सम्पदा सूचीमा पनि राखिएको छ ।

स्मरण रहोस् राष्ट्रपति गुर बांगुलीले अलाबी कुकुरलाई सम्मान गरेको यो पहिलो पटक चाहीँ होइन । उनले गत वर्षपनि उक्त कुकुरको सम्मानमा एक किताब नै अर्पण गरेका थिए ।

सरकारी कर्मचारीहरुको बस्नका लागि बनाएको नयाँ आवास क्षेत्रको सडकमा उक्त कुकुरको शालिक ठड्याएको छ ।

कुकुरको शालिकसँगै अलाबी नश्लको कुकुरका बारेमा जानकारीमूलक भिडियो प्रसारित भैरहेको एलइडी स्क्रिनसमेत राखिएको छ ।

सुनबाट बनाइएको उक्त कुकुरको मूर्ति तयार गर्न लागेको खर्च सार्वजनिक गरिएको छैन ।

तुर्कमेनिस्तानको सरकारी मिडियाका अनुसार उक्त शालिकले अलाबी नश्लको प्रतिष्ठा र आत्मविश्वासलाई प्रतिबिम्बित गरेको छ ।

तुर्कमेनिस्तानका राष्ट्रपति गुरबांगुली जनावरप्रेमी मानिन्छन् । उनले विश्वमा ठूला ठूला तेताहरुलाई समेत भेटघाटको क्रममा जनावरहरु उपहारको रुपमा दिने गरेका छन् ।

गुरबांगुलीबाट घोडा तथा कुखुरको बच्चालगायतका जनावरहरु उपहारको रुपमा पाउने नेताहरुमा रुसी राष्ट्रपति भ्लादमिर पुटिन, उज्वेकिस्तानका राष्ट्रपति इस्लाम कारिमोभ तथा कतारी राजा लगायतका छन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment