Comments Add Comment

तिहारमा करिब १४ करोडको माला बिक्री, ४५ लाखको मखमली निर्यात

४ मंसिर, काठमाडौं । तिहारमा १३ करोड ९५ लाख रुपैयाँ बराबरको फूलको माला खरिद बिक्री भएको छ । अघिल्लो वर्षको तुलनामा मालाको कारोबारमा ३६ प्रतिशतले घटेपनि कोभिड महामारीकै बीचमा पनि व्यवसायीले अपेक्षा गरेभन्दा निकै राम्रो कारोबार भएको नेपाल फ्लोरी कल्चर एशोसिएसन नेपालले जनाएको छ ।

यो तिहारमा ४५ लाख रुपैयाँ बराबरको मखमलीको माला निर्यात समेत भएको एशोसिएसनका अध्यक्ष कुमार कसजुले बताए । तिहारमा ११ करोड ७० लाख रुपैयाँ बराबरको १३ लाख थान सयपत्रीको माला बिक्री भएको एशोसिएसनको दाबी छ । सयपत्रीको माला औषत ९० रुपैयाँ प्रतिगोटामा बिक्री भएको थियो ।

यस्तै नेपाल भित्रै एक करोड ८० लाख रुपैयाँ बराबरको तीन लाख गोटा मखमलीको माला यस अवधिमा बिक्रि भएको अध्यक्ष कसजुले बताए । मखमलीको मालाको प्रतिगोटा औषत मूल्य ६० रुपैयाँमा रहेको थियो ।

तिहारमा नेपालबाट ४५ लाख रुपैयाँ बराबरको एक लाख ५० हजार थाना मखमलीको माला निर्यात भएको पनि एशोसिएसनले जनाएको छ । यो तिहारमा सबैभन्दा धेरै मालाको कारोबार बागमति प्रदेशमा भएको थियो भने सबै भन्दा कम कारोबार कर्णाली प्रदेशमा भएको पनि अध्यक्ष कसजुले बताए ।

बागमति प्रदेशमा ८ करोड १० लाख रुपैयाँ बराबरकोका फूलको मालाको कारकोबार हुँदा कर्णालीमा भने ४० लाख ५० हजार रुपैयाँ बराबरको माला खरिद बिक्री भएको एशोसिएसनले जानाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment