+
+
Shares

भीम अस्पतालको शौचालयमा कोरोना संक्रमितको मृत्यु

टोपराज शर्मा टोपराज शर्मा
२०७७ मंसिर ४ गते १३:१८

४ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमाका एक जना कोरोना संक्रमितको भैरहवास्थित भीम अस्पतालको शौचालयभित्र मृत्यु भएको खुलेको छ । कोरोना संक्रमणपछि चार दिनसम्म होम आइसोलेसनमा बसेका तिलोत्तमा नगरपालिका नयाँमिलका ५८ वर्षका पुरुषको शौच गर्न गएका बेला शौचालिय भित्रै अक्सिजन अभावमा मृत्यु भएको हो ।

कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएका उनी श्वास प्रश्वासमा समस्या भएपछि २९ गते भीम अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । उनको कात्तिक ३० गते विहान मृत्यु भएको थियो । संक्रमितलाई भर्ना भएकै राति प्लाज्मा थेरापी र रेम्डिसिभिर समेत चलाइएको थियो ।

उनलाई आईसीयूूमा सार्ने तयारी समेत भएको थियो । मृतकका आफन्तले मृत्यु भएको चार दिनपछि अस्पतालको लापरवाहीले विरामीको ज्यान गएको आरोप लगाएका छन् । अस्पतालका चिकित्सक डा. आरिस हुसेनले भने लापरवाही नभएको दावी गरे । ढोका लगाएर शौच गर्दा अक्सिजनको मात्रा कम भएर विरामीको ज्यान गएको डा. हुसेनले बताए ।

‘अस्पतालको सहयोगीले शौचालय लैजान खोजेपनि विरामीले एक्लै जान्छु भन्नुभएको रहेछ’ उनले भने, ‘शौचालयको ढोकाको चुक्कल नलगाई हावा छिर्ने ठाउँ थोरै राखेको भए ज्यान नजान सक्थ्यो ।’

डा. हुसेनले अस्पताललाई बद्नाम गर्ने र संक्रमितको उपचारमा दिन रात खट्ने स्वास्थ्यकर्मीको मनोबल गिराउने उद्देश्यले पनि लापरवाहीको आरोप लगाउने गरिएको बताए ।

अस्पतालमा रातिमा ड्युटी गर्ने नर्सको अभाव भने रहेको उनले बताए । संक्रमित विरामीले बिहान ३ बजेसम्म परिवारका सदस्यसंंग फेसबुक म्यासेन्जरमा कुरा गर्दै आफ्नो स्वास्थ्य ठिकै रहेको बताएका तर बिहान ७ बजेतिर अस्पतालले बिरामीको मृत्यु भएको जानकारी गराएको मृतकका आफन्त अर्जुन पौडेलले बताए ।

मृतकका आफन्तले संक्रमित बिरामी शौचालयमा झण्डै दुई घण्टा समय बस्दा पनि अस्पतालले थाहा नपाउनु गम्भीर लापरवाही भएको आरोप लगाएका छन् । उनले यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने आफूहरुको माग रहेको बताए । तर अस्पतालका डाक्टरले भने बढीमा २० मिनेट शौचालयमा रहेको दावी गरे ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?