+
+
Shares

दिव‌ंगत थापाको आठौं कृति सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ४ गते १४:१४

गगनसिंह थापाको आठौं कृति ‘मरुभूमिकी महारानी’ आफ्नै हातबाट सार्वजनिक गर्ने इच्छा अधुरो हन पुगेको थियो । लामो समयदेखि क्यान्सरबाट पीडित आख्यानकार थापाको कात्तिक १९ मा काठमाडौंमा ७३ वर्षको उमेरमा निधन भयो।

कर्णाली छेउछाउबाटै उदाएका आख्यानकार स्वर्गीय गगनसिंह थापाको आठौं कृति ‘मरुभूमिकी महारानी’ को टीकापुरमा एक कार्यक्रम बीच विमोचन भएको छ । नेपाली काग्रेंस कैलाली क्षेत्र नम्बर १ को आयोजना र जानकी गाउँ कार्यसमितिको सहआयोजनामा टीकापुरमा श्रद्धाञ्जली सभाको कार्यक्रम आयोजना भएको थियो ।

थापाको लघु उपन्यास स्वरूपको कृतिमा बाल्यकालमा अध्ययनको क्रममा भारतको राजस्थानमा रहँदाका दुःख र संघर्ष अनि बालसखासँगको मनोवैज्ञानिक प्रेमिल आकर्षण र मरुभूमिको रोमाञ्चक वर्णनको कथावस्तु बुनिएको छ ।

२००५ भाद्रमा अछामको पाटेखेतमा जन्मिएका आख्यानकार थापाका सोह्र सौगात कथा संग्रह (२०३५), कर्णालीको छेउछाउ उपन्यास (२०७०), पू्र्खाको चिट्ठी उपन्यास (२०७२), मेरो मधुशाला उपन्यास (२०७४), उज्ज्वली लघुउपन्यास (२०७६) र महाप्रलय (२०७७) गरी छ कृतिहरु प्रकाशित छन भने मरुभूमि कि महारानी र अस्ताञ्चलको ढोकाबाट थप दुई कृतिहरु प्रकाशनको क्रममा थिए । मरुभूमीकी महारानी थापाको लघु उपन्यास हो ।

सुदूरपश्चिम र कर्णाली क्षेत्रको भाषा, सभ्यता र संस्कृति माथि कलम चलाउने थापा सुदूरपश्चिम साहित्य पुरस्कार (२०७६) नर राजु मोबरा साहित्यिक पुरस्कार (२०७३) र बाट सम्मानित छन् ।

थापाको लेखनीमा आफैले देखेका भोगेका विषय र समाजमा भएका घटनालाई आख्यानका रुपमा प्रस्तुत गर्ने शैलीले उहाँका रचनालाई पाठकले रुचाउने गरेका छन् । साहित्यका हरेक विधामा दख्खल भए पनि उनी पाठक माझ आख्यानकारका रुपमा चिनिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?