Comments Add Comment

कात्तिकमा लकडाउनयताकै धेरै पर्यटक भित्रिए

४ मंसिर, काठमाडौं । नेपालमा लकडाउन शुरु भएयता कात्तिकमा सर्वाधिक संख्यामा पर्यटक भित्रिएका छन् । अध्यागमन विभागका अनुसार कात्तिक महिनामा मात्र २ हजार ९ जना विदेशी नागरिक नेपाल आए ।

नेपालमा हवाई मार्गबाट भित्रिएका जुनसुकै प्रयोजनमा भित्रिएका विदेशी नागरिक समेत पर्यटक गनिन्छन् । एक महिनामा १३७० जना पुरुष र ६३९ जना महिला पर्यटक नेपाल आएका छन् । सरकारले १७ अक्टोवरबाट पर्यटकलाई घुमफिरमा आउन खुला गरेको थियो ।

त्यसअगाडी नै पर्वतारोहण र पदयात्रामा आउने पर्यटकलाई संस्थागत रुपमा सिफारिस लिई नेपाल आउने ढोका खुलेको थियो । यसले क्रमशः पर्यटक आगमन बढ्दै गएको छ ।

एक महिनामा अमेरिकाबाट मात्र ४५५ र बेलायतबाट ३२६ जना नेपाल आएका छन् । चीनबाट १ सय ६१, भारतबाट १ सय २५, टर्कीबाट ८२ र रुसबाट ८१ जना पर्यटक नेपाल आएको तथ्यांक छ ।

एक महिनाको अवधिमा नेपालबाट विदेश फर्कने विदेशी नागरिकको संख्या भने १८७२ जना रहेको छ । विभागको तथ्यांक अनुसार कात्तिकमा नेपाली नागरिकको आगमन भने १८ हजार १ सय ४३ जना रहेको छ । यो महिनामा नेपाल आउने भन्दा विदेश जाने नेपाली धेरै देखिएको छन् । कात्तिकमा २२ हजार २ सय १२ जना नेपाली नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेशिएका छन् ।

सरकारले विदेशी पर्यटक माथि लगाएको प्रतिवन्ध खुकुलो बनाएसँगै नेपालमा विदेशी पर्यटक तथा नागरिकको आवागमन बढ्न थालेको हो । विभागका अनुसार गत साउनसम्म नगन्य रहेको विदेशी नागरिकको आवागमन भदौपछि भने बढ्न थालेको हो । असोज र कात्तिकमा यो संख्यामा उल्लेख्य वृद्धि भएको हो ।

साउन २०७७ मा कुल १३७ जना विदेशी नेपाल आएका थिए । उक्त महिनामा २२ हजार ९ सय ३२ जना नेपाली घर फर्किएका थिए । भदौ महिनामा विदेशीको आगमन बढेर ४ सय ११ पुग्यो ।

यो महिनामा नेपालीको आगमन भने १५ हजार ८ सय २२ रहेको छ । असोज महिनामा विदेशी पर्यटकको आगमन ११९१ पुगेको थियो । असोजमा नेपालीको आगमन भने ४६ हजार ४८ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment