+
+
Shares

निकिशा श्रेष्ठलाई दुर्व्यवहार गर्ने तीनै जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ४ गते १६:५७

४ मंसिर, काठमाडौं । काठमाडौंमा निकिशा श्रेष्ठमाथि दुर्व्यवहार भएको घटनामा संलग्न तीनै जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, भक्तपुरले १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री र अर्का एकजना १६ वर्षीय किशोर छन् ।

जोशीलाई बिहीबार बिहान र अन्य दुई जनालाई दिउँसो पक्राउ गरिएको भक्तपुर प्रहरीका डीएसपी दिपक गिरीले अनलाइनखबरलाई बताए । उनका अनुसार सफिलले मोटरसाइकल चलाएका थिए भने नाम नखुलाइएका पछाडि बसेका किशोरले श्रेष्ठमाथि अपशब्द प्रयोग गरेका थिए ।

हाल तीनै जनालाई प्रारम्भिक सोधपुछ गर्ने कार्य भइरहेको गिरीले बताए । भक्तपुरकी एसपी तारादेवी थापाका अनुसार पक्राउ परेका सबैलाई साइबर ब्युरो पठाउने वा त्यहीँ मुद्दा चलाउने भन्ने निर्णय भइसकेको छैन ।

सामाजिक सञ्जालमा मोटरसाइकलमा आएका व्यक्तिले निकिशालाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरी मुख्यालयले छानबिन गर्न साइबर ब्युरोलाई निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?