Comments Add Comment

एफएनसीसीआई चुनाव– ढकाल प्यानलबाट दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

४ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा दुई उम्मेदवारहरु सर्वसम्मत चयन भएका छन् । प्रदेश १ का तर्फबाट उम्मेदवारी दिएका राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सन्दीप अग्रवाल केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका हुन् ।

सात प्रदेशका लागि एक/एकवटा कोटा केन्द्रीय सदस्यका लागि छुट्याइएको हुन्छ । जसमा प्रदेश एकबाट राउत सर्वसम्मत चयन भएका हुन् । महासंघको प्रदेश एक कमिटीका उपाध्यक्षसमेत हुन् ।

द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट पनि एकजनाको मात्रै उम्मेदवारी परेपछि अग्रवाल चयन भएको महासंघ निर्वाचन समितिले जनाएको छ । अग्रवाल नेपाल–इन्डोनेसिया उद्योग वाणिज्य संघका अध्यक्ष हुन् ।

केन्द्रीय सदस्यमा निर्वाचित राउतलाई बधाई दिदै पूर्व अध्यक्ष चण्डि ढकाल, वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्र ढकाल लगायत

उनीहरु सर्वसम्मत चयन भइसके पनि औपचारिकरुपमा विजयी घोषणा  भैसकेको छैन । उनीहरु दुवैजनाले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको समूहबाट उम्मेदवारी दिएका थिए । अन्य पदमा भने चुनाव हुनेछ ।

महासंघको ५४औं वाषिर्क साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो ।

पछि पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्ने पक्का छ भने बाँकी पदहरुमा चुनाव हुँदैछ । आगामी वरिष्ठ उपाध्यक्षका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिदैछन् ।

महासंघको वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ भिड्दैछन् भने एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई र शौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी भिड्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment