+
+
Shares

घुस लिएको आरोपमा वाणिज्य आपूर्ति विभाग काठमाडौंका नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ४ गते १८:३६

४ मंसिर, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाडौंका नायब सुब्बा शिव शंकर महतोविरुद्ध विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दायर गरेको छ ।

फर्म दर्ता प्रमाणपत्रसँग सम्बन्धित कामका लागि सेवाग्राहीसँग १० हजार रूपैयाँ घुस लिएको आरोपमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सेवाग्राहीबाट १० हजार घुस लिएको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा महतोले फर्म दर्ताका लागि विभाग पुगेका सेवाग्राहीलाई विभिन्न बहाना बनाई उक्त रकम घुस लिएको देखिन आएकोले उनीविरूद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?