+
+
Shares

४ वर्षकी बालिकाको बलात्कारपछि हत्या नातेदारबाटै

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ४ गते १९:२९

४ मंसिर, हेटौंडा । मकवानपुरमा ४ वर्षकी बालिकाको बलात्कारपछि हत्या उनकै नातेदारबाट भएको खुलेको छ ।

बागमती गाउँपालिका– ७ कि बालिकालाई बुधबार गाउँमा पूजा रहेको समयमा फकाई नजिकैको पुलमुनि लगेर बलात्कार गरेपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । हत्या आरोपमा पक्राउ परेका १६ बर्षका साजन भोलनले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

भोलनले प्रहरी समक्ष आफूले बालिकाको बलात्कारपछि हत्या गरेको बयान दिएका छन् । उनले बालिकाको टाउकोमा दुई पटक ढुङ्गाले हानेर हत्या गरेको बताएको प्रहरीले जनाएको छ ।

मकवानपुरका प्रहरी उपरिक्षक सुशीलसिंह राठौरले प्रारम्भिक चरणको अनुसन्धान सकिएपछि कागजी प्रक्रिया सुरु गरेको बताए ।

बालिकाको शब घर नजिकै बगरमा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?