Comments Add Comment

कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु

४ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट थप १९ जनाको मत्यु भएको छ ।

काठमाडौं ५, कास्की र दाङका ३/३ जना, सुनसरीका २ जना, ललितपुर, भक्तपुर, धनुषा, गुल्मी, लमजुङ र स्याङ्जाका १/१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय र सम्बद्ध अस्पतालहरुले जनाएका छन् ।

  • काठमाडौंका ६८ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । २५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी श्वासप्रश्वासमा समस्या भएपछि २६ गते अस्पताल पुगेका थिए ।
  • काठमाडौंकी ७१ वर्षीया महिलाको बुधबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर २० कात्तिकमा अस्पताल भर्ना भएकी उनलाई ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मधुमेह र मिर्गौलासम्बन्धी रोगबाट समेत पीडित थिइन् ।
  • काठमाडौंका ६८ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । निमोनिया भएर मंगलबार मात्र अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको बुधबार नै पुष्टि भएको थियो ।
  • काठमाडौंका ५१ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । उनी निमोनिया भएर २६ कात्तिकमा अस्पताल भर्ना भएका थिए । उनलाई मिर्गौलासम्बन्धी रोग समेत थियो ।
  • काठमाडौंका ६७ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । मिर्गौलासम्बन्धी समस्या भएका उनी श्वासप्रश्वासमा समस्या भएपछि ३ मंसिरमा अस्पताल भर्ना भएका थिए ।
  • पोखरा महानगरपालिका–२८, कास्कीकी ६० वर्षीया महिलाको बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मिर्गौलासम्बन्धी समस्या भएकी उनलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका–१७, कास्कीकी ७५ वर्षकी महिलाको बिहीबार गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई २४ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी निमोनिया, मधुमेह तथा हाइपरटेन्सनसम्बन्धी रोगबाट पनि ग्रसित थिइन् ।
  • पोखरा महानगरपालिका–९, कास्कीकी ८३ वर्षीया वृद्धाको बिहीबार फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या हुनुका साथै निमोनिया भएर अस्पताल पुगेकी उनलाई २५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • तुलसीपुर उपमहानपालिका–६, दाङका ८१ वर्षीय पुरुषको बिहीबार भेरी अस्पतालमा मृत्यु भएको छ । २८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए ।
  • तुलसीपुर उपमहानपालिका–६, दाङका ५६ वर्षीय पुरुषको बुधबार नेपालगञज मेडिकल कलेजमा मृत्यु भएको छ । २४ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएपछि उनी निमोनिया भएर २५ गते अस्पताल भर्ना भएका थिए ।
  • घोराही उपमहानगरपालिका–१७, दाङका ७९ वर्षीय पुरुषको बुधबार नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ । २१ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए । स्वास्थ्यमा समस्या भएपछि २ मंसिरमा अस्पताल भर्ना भएका थिए ।
  • इटहरी उपमहानगरपालिका–२, सुनसरीका ७७ वर्षीय पुरुषको मृत्यु बिहीबार नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनी स्वास्थ्यमा समस्या आएपछि १ मंसिरमा अस्पताल पुगेका थिए ।
  • धरान उपमहानगरपालिका–११, सुनसरीकी २९ वर्षीया महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मिर्गौलासम्बन्धी समस्याबाट पीडित उनलाई २७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने ३० गते अस्पताल भर्ना भएकी थिइन् ।
  • ललितपुरकी ७३ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । उनी श्वासप्रश्वासमा समस्या भएर २४ कात्तिकमा अस्पताल भर्ना भएका थिए भने सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • भक्तपुरका ५३ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । मिर्गौलासम्बन्धी रोग भएका उनी श्वासप्रश्वासमा समस्या भएपछि १ मंसिरमा अस्पताल भर्ना भएका थिए ।
  • धनुषाधाम नगरपालिका–६, धनुषाका ७५ वर्षीय पुरुषको बिहीबार प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको छ । वडा नम्बर ६ का वडाध्यक्षसमेत रहेका उनी स्वास्थ्यमा समस्या भएपछि १ मंसिरमा अस्पताल भर्ना भएका थिए भने सोही दिन संक्रमण पुष्टि भएको थियो ।
  • सत्यवती गाउँपालिका–६, गुल्मीका ६२ वर्षीय पुरुषको बुधबार राति कोरोना विशेष अस्थायी अस्पताल, बुटवलमा मृत्यु भएको छ । २३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी भने सोही दिन अस्पताल भर्ना भएका थिए ।
  • बेशीसहर नगरपालिका–५, लमजुङका ७१ वर्षीय पुरूषको बुधबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया र एक्युट हेपाटाइटिसलगायतका समस्याबाट ग्रसित उनीमा २८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • पुतलीबजार नगरपालिका–१३, स्याङ्जाका ४६ वर्षीय पुरुषको बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा मृत्यु भएको छ । उनलाई २५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment