Comments Add Comment

सिटीसँग ग्वार्डिओलाको सम्झौता नवीकरण

५ मंसिर, काठमाडौं । पेप ग्वार्डिओला २०२३ को समरसम्म म्यानचेष्टर सिटीमै रहने भएका छन् ।  इंग्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलाले क्लबसँग दुई वर्ष सम्झौता नवीकरण गरेका छन् ।

स्पानिस प्रशिक्षक ग्वार्डीओलाले बिहीबार सिटीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

४९ वर्षीय ग्वार्डिओला सन् २०१६ मा सिटीमा अनुबन्ध भएका थिए । त्यसयता उनले २ प्रिमियर लिग, १ एफए कप र ३ लिग कपको उपाधि जिताएका छन् ।

बार्सिलोना र बायर्न म्युनिखका पूर्व म्यानेजर ग्वार्डीओलाको सिटीसँगको सम्झौता यसै सिजनको अन्त्यमा सकिने थियो । तर, सिटीले सम्झौता नसकिँदै ग्वार्डीओलाको सम्झौता नवीकरण गरेको हो ।

सन् २००८ मा प्रशिक्षक बनेयता ग्वार्डिओलाले सिटीमा ५ वर्ष रहनु उनको अहिलेसम्मकै धेरै प्रशिक्षकको समय हो ।

ग्वार्डिओलाले क्लबको सफलताप्रति आफू गौरवान्वित रहेको बताएका छन् । उनले सबै मिलेर क्लबले सफलता पारेको र मिलेर ने उपाधि जितेको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment