
५ मंसिर, काठमाडौं । सप्तरीमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका–७ बस्ने २५ वर्षीय सोनु पासवान रहेका छन् ।
शम्भुनाथ नगरपालिका–८ देवधार पुलस्थित सडकमा ना.५ ख ६६४४ नम्बरको बस र बा.४२ प १४२८ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो एकआपसमा ठोक्किँदा घटनास्थलमै पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4