+
+
Shares

काभ्रेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते ९:११

४ भदौ, काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका-६ केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बुधबार बिहान सिरहाबाट पाँचखाल आउँदै गरेको ना७ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा काठमाडौंबाट काभ्रेको कोशीपारितर्फ जाँदै गरेको बा९३प ११७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट घाइते भएका काभ्रेको चौरीदेउराली गाउँपालिका-८ घर भएका अन्दाजी ३५ वर्षीय रुपेश खरेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खरेललाई उपचारका लागि धुलिखेल अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरी चौकी पाँचखालका प्रमुख प्रहरी निरिक्षक प्रशान्त तामाङले जानकारी दिए ।

दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भएकोमा अहिले सञ्चालनमा आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?