+
+
Shares

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

मृत्यु हुनेमा सर्लाहीको बलरा नगरपालिका-११ की ५५ वर्षीया चन्दा देवी बैठा छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते १६:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाही बलरा नगरपालिका-११ की ५५ वर्षीया चन्दा देवी बैठालाई भारतीय नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको छ।
  • ठक्करबाट घाइते महिलालाई अचलगढ अस्पतालमा सामान्य उपचारपछि प्रादेशिक अस्पताल लगिँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

२३ साउन, जनकपुरधाम । सर्लाहीमा भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बलरा नगरपालिका-११ की ५५ वर्षीया चन्दा देवी बैठा छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार वडा कार्यालय नजिक बीआर३०के ४६९४ भारतीय नम्बर प्लेटको मोटरसाइकलले शुक्रबार बैठालाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते उनलाई अचलगढ अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लग्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय जितेन्द्र ठाकुरसमेत घाइते भएर प्रादेशिक अस्पतालमा उपचार पश्चात् थप उपचारको लागि वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?