२० मंसिर, काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका–६ स्थित चालिसे भन्ने ठाउँमा ७ वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।
इलाका प्रहरी कार्यालय खानीखोलाका अनुसार, केहीबेर अघि भएको दुर्घटनामा परेर केही मानवीय क्षति समेत भएको हुनसक्ने अनुमान गरिएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन् ।
स्कुल बससहित चार वटा बस, दुई वटा ट्रक र एउटाक मोटरसाइकल दुर्घटनामा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
अहिले उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीलाई अस्पताल लगिएको र केहीलाई लैजाने काम भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया 4