+
+
WC Series
काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
२८ बलमा ६० रन आवश्यक
लुम्बिनी लायन्स 2025
98/7 (15.2)
Shares

जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, २ जना घाइते   

रासस रासस
२०८२ मंसिर ९ गते १९:०६

९ मंसिर, रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ सिमपाखामा मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार आठबिसकोटको राडीबाट चिसापानीतर्फ गइरहेको जिप र राडीतर्फ गइरहेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक जाजरकोटको नलगाड नगरपालिका– ८ का ३५ वर्षीय नवराज चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते चदाराको आठबिसकोट नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उक्त मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा नलगाड नगरपालिका–८ जाजरकोटका १६ वर्षीय नवराज चदारा र आठबिसकोट नगरपालिका ९ का १४ वर्षीय कमल सुनार रहेका छन् । दुवैको नगर अस्पतालमा उपचार भइरहेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?