Comments Add Comment

नेपाली पर्यटनको आधार चिनियाँ पर्यटक हुन् : पर्यटनमन्त्री

५ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाली पर्यटनको आधार चिनियाँ पर्यटक रहेको बताएका छन् ।

शुक्रबारदेखि सुरु युयान सांग्रिला फोटो प्रदर्शनी शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्ने दौरानसमेत चिनियाँ पर्यटकबाट बढी अपेक्षा गरेको स्मरण गरे ।

प्रतिकुल अवस्थाका कारण यो अभियान सफल हुन नसकेको भन्दै उनले अवस्था सहज हुनासाथ चिनियाँ पर्यटकको आगमन बढ्ने उल्लेख गरे ।

सरकारले घुमफिरको वातावरणलाई सहज बनाउन काम गरिरहेको भन्दै फोटो प्रदर्शनी जस्ता कार्यक्रमले नेपाल र चीनबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन भूमिका खेल्ने उल्लेख गरे । पछिल्लो समय चीनले अघि सारेको बीआरआई कार्यक्रममा नेपाल समेत सहभागी भएको भन्दै उनले यसले आर्थिक विकास र समृद्धिमा ठूलो भूमिका खेल्ने बताए ।

उक्त कार्यक्रमको शुभारम्भ गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रशाद तिमिल्सिनाले कोभिड-१९ले प्रभावित बनाएको अर्थतन्त्रको पुनरुत्थानमा पर्यटन महत्वपूर्ण क्षेत्र हुने उल्लेख गरे ।

उनले ठूलो जनसंख्या रहेको चिनियाँ पर्यटकलाई आकषिर्त गर्ने खालका उत्पादन नेपालसँग रहेको भन्दै त्यसको प्रवर्द्धनमा जोड दिएका छन् ।

फोटो प्रदर्शनी नेपालमा नेपाल चाइना मिडिया फोरमले संयोजन गरेको हो । कार्यक्रममा चिनियाँ प्रतिनिधिले भिडियो कन्फ्रेन्समार्फत कार्यक्रमको सफलताको कामना गरेका थिए ।

संस्कृति आदान प्रदानको माध्यमका रुपमा लिइएको यो कार्यक्रम कोरोना भाइरसको महामारीका कारण भर्चुअल माध्यममा सीमित गर्नु परेको नेपाल-चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment