Comments Add Comment

गोपनियताको सवालमा फेसबुक र एप्पलबीच वाकयुद्ध

काठमाडौं । गत जुन महिनामा एप्पलले आफ्नो अपरेटिङ सिस्टम आईओएस १४ घोषणा गरेसँगै यसको एउटा फिचरका विषयमा विवाद चलिरहेको छ । चर्चा र विवाद बटुलिरहेको आइओएस १४ को उक्त फिचरको नाम हो– एप ट्रयाकिङ ट्रान्सपरेन्सी अर्थात् एटीटी ।

यो फिचरले प्रयोगकर्ताहरुलाई एपहरुका बीचमा ट्रयाकिङलाई डिसेबल गर्ने अप्सन प्रदान गर्नेछ ।

जसका कारण एप डेभलपरहरुले कुनै एप तथा वेबसाइट प्रयोगकर्तालाई ट्रयाकिङ गर्नुअघि उनीहरुको अनुमति प्राप्त गर्नुपर्ने हुन्छ ।

तर फेसबुक तथा अन्य एप डेभलपरहरुले चाहिँ एप्पलको यो फिचरले आफूहरुलाई हानी गर्ने र आम्दानीमा ठूलो धक्का पुग्ने बताउँदै आएका छन् । हुन त घोषणा गरिएको यो फिचर आईओएसमा अझै आइसकेको छैन । उक्त फिचर जसरी पनि ल्याइछाड्ने एप्पलले जनाएको छ ।

एप्पलको ग्लोबल प्राइभेसी विभागका वरिष्ठ निर्देशक जेन होर्वाथले र्याङ्किङ डिजिटल राइट्स अर्गनाइजेसनलाई लेखेको पत्रमा फेसबुकको कडा आलोचना गरेका छन् । फेसबुकको उद्देश्य नै प्रयोगकर्ताका धेरैभन्दा धेरै डाटा संकलन गर्नुभएको उनको आरोप छ ।

पत्रमा भनिएको छ, ‘फेसबुक र अरुहरुको प्रयोगकर्तालाई लक्षित गर्ने निकै फरक तरिका छ । उनीहरुले केबल प्रयोगकर्तालाई स–साना खण्डमा समूहीकृत गर्नका लागि छुट दिनेमात्र होइन उनीहरुले प्रयोगकर्ताका अनलाइन ब्राउजिङ एक्टिभिटीका डाटाहरुलाई समेत विज्ञापनका लागि प्रयोग गर्दछन् ।’

प्रयोगकर्ताका डाटाहरु संकलन गर्ने मात्र नभई प्रयोगकर्ताको गोपनीयताको समेत फेसबुकले अवमूल्यन गर्ने गरेको एप्पलले आरोप लगाएको छ ।

एप्पलका अधिकारीको उक्त आरोपको जवाफमा ब्लुम्बर्गमार्फत् एक विज्ञप्ती सार्वजनिक गर्दै फेसबुकले एप्पललाई गोपनीयताको नर्भ नाफाको चिन्ता भएको बताएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘एप्पलले आफ्नो बजारको प्रभुत्वलाई प्रयोग गरी एकल रुपमा आफ्नो छनोट तथा स्वार्थमा प्रयोग गर्नेगरी प्रयोगकर्ताका डाटा संकलन गरिरहेको छ । जबकि तिनै डाटा आफ्ना प्रतिस्पर्धीहरुलाई संकलन गर्न भने असम्भव बनाइदिएको छ । उसले यसलाई गोपनीयताको दाबी गरे पनि वास्तवमा यो नाफाको खेल हो ।’

एप्पलका अनुसार आईओएसमा आउने नयाँ फिचर एटीटीले प्रयोगकर्ताका डाटा सुरक्षित राख्नेछ । एप डेभलपर्सलाई तयारीका लागि पर्याप्त समय प्रदान गर्नका लागि उक्त फिचर ल्याउन केही ढिलाइ गरिएको पनि एप्पलको दाबी छ । सन् २०२१ को सुरुवातमा उक्त फिचर आईओएसमा उपलब्ध हुने बताउँदै एप्पलले गोपनीयता संरक्षणको आफ्नो विस्तारकारी नीतिप्रति आफू प्रतिबद्ध रहेको पनि जनाएको छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment