Comments Add Comment

संक्रमण बढेसँगै अमेरिकाको क्यालिफोर्नियामा रात्रिकालीन कर्फ्युको घोषणा

७ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै अमेरिकाको क्यालिफोर्नियामा रात्रिकालीन कर्फ्युको घोषणा गरिएको छ । यो राज्यमा कोरोना संक्रमण गत यसअघिको उत्कर्षमा पुगेको भन्दा पनि धेरै देखिएसँगै रात्रिकालीन कर्फ्युको घोषणा गरिएको हो ।

क्यालिफोर्नियामा घोषणा गरिएको कफ्र्यु स्थानीय समयअनुसार राति १० बजेदेखि सुरु हुनेछ र बिहान पाँच बजेसम्म जारी रहनेछ । यो घोषणा शनिबार रातिबाट नै कार्यान्वयनमा आएको छ भने डिसेम्बर २१ सम्म जारी रहनेछ । रेष्टुरेन्टहरुले भने यो समयमा पनि टेकआउट र डेलिभरीको काम गर्न सक्नेछन् । यो नियम क्यालिफोर्नियाका ५८ मध्ये ४१ कन्ट्री (क्षेत्र)हरुमा लागू हुनेछ ।

अमेरिकामा गएको मेयता पहिलोपटक कोरोनाबाट एकैदिनमा मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या पनि एक करोड २० लाख नाघेको छ । साथै यसबाट मृत्यु हुनेको संख्या पनि दुई लाख ५५ हजार नाघिसकेको छ ।

शुक्रबार सार्वजनिक गरिएको तथ्यांक अनुसार एकैदिनमा एक लाख ८७ हजार नयाँ संक्रमित फेला परेका थिए । एकैदिनमा थपिएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।

अमेरिकाका अन्य केही राज्यहरुले पनि नयाँ मास्क अनिवार्य गर्नेलगायतका केही योजनाहरु ल्याएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment