Comments Add Comment

‘डिसेम्बर फल्स’मा आर्यन र सलोन

नायक आर्यन सिग्देलले नयाँ चलचित्र ‘डिसेम्बर फल्स’मा काम गर्ने पक्का भएको छ । रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको छ ।

रामप्रसाद रिजालको प्रस्तुतिमा तयार हुने यो चलचित्रमा आर्यन सिग्देल, सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराई लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रका लागि नायिका भने पक्का गरिएको छैन ।

लक्ष्मण रिजाल कार्यकारी निर्माता रहेको चलचित्रलाई भारतीय टेलिभिजन तथा फिल्म उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्नेछन् । यो चलचित्रको छायांकन रबि नायडुले गर्नेछन् । कार्यकारी निर्माता रिजालले केही फरक सोचका साथ काम गर्ने उद्देश्यका कारण बलिउडका निर्देशक र छायांकारसँग सहकार्य गर्न लागेको बताए ।

‘डिसेम्बर फल्स’लाई बिपीका खनालले लेखेकी हुन् । चलचित्रको पटकथा र सम्वाद केदार भुसालले तयार पारेका हुन् ।

नायक आर्यन सिग्देलले चलचित्रको यूनिट र कथावस्तु मनपरेपछि आफू काम गर्न तयार भएको बताउ । राजकुमार भट्टको लगानी रहने चलचित्रको छायांकन भने माघको ४ गतेबाट सुरु हुनेछ । आउँदो बर्षको साउन १ गतेलाई प्रदर्शन मिति पक्का गरिएको यो चलचित्रमा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहनेछ । काठमाण्डौ र पोखरामा चलचित्रको छायांकन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment