Comments Add Comment

१९७४ एडी र द चेनस्मोकर्सको सहकार्य रहेको नयाँ गीत सार्वजनिक

७ मंसिर, काठमाडौं । १९७४ एडीको नयाँ गीत साथीभाई सार्वजनिक भएको छ । विश्वव्यापी लोकप्रिय द चेनस्मोकर्सको हिट गीत होपको संगीत प्रयोग गरिएको छ । उक्त नयाँ ट्रयाक अब युट्युबमा उपलब्ध रहेको छ । जहाँ दर्शकले मजा लिन सक्ने भएका छन् । विश्वव्यापी प्रचलित जोडी द चेनस्मोकर्ससँग नेपालको लोकप्रिय फोल्क रक व्यान्ड १९७४ एडीले सांगीतिक सहकार्य गर्दै संगीतप्रेमीहरुलाई टुबोर्ग ओपनको अभियानतर्फ प्रोत्साहित गर्नेछन् ।

उक्त नयाँ ट्रयाकमा १९७४ एडीको अद्धितीय आवाजलाई चेनस्मोकर्सको गीत होपको संगीतसँग मिलाइएको छ जुन हालसम्म एक अर्बभन्दा बढी स्ट्रिम प्राप्त गरेको ‘सिकबोइ’ एल्बमबाट रहेको छ ।

१९७४ एडी भन्छन्, “यो सहकार्यका लागि काम गर्नु हाम्रो लागि निकै रमाइलो अनुभव भयो । महामारी र विशेष परिस्थितिको वातावरणमा हामीले पहिलोपटक यसरी कुनै गीतमा काम गरेका छौं । यो अनुभव एकै साथमा रमाइलो र चुनौतीपूर्ण थियो । यस गीतमा सकारात्मकता र एकताको सन्देश निकै रमाइलो शैलीमा पेस गरिएको छ । हाम्रो दर्शकहरुले यो गीत मन पराउनुहुनेछ भन्ने आशा गर्छौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment