Comments Add Comment

सुटिङ त गर्ने, तर के सहज छ त ?

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले काठमाण्डौमा आयोजित एक कार्यक्रममा भने–‘चलचित्र छायांकन सुरु भएकोमा मलाई खुशी लागेको छ । सरकारले तोकेको सुरक्षा मापदण्ड पुरा गरेर छायांकन गर्नुहोस् ।’

चलचित्र विकास बोर्डका अध्यक्षले छायांकन गर्नुहोस् भनेपनि चलचित्र छायांकन गर्नका लागि भने सहज वातावरण नभएको निर्माताहरु बताउँछन् ।

चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन गरिरहेका निर्माता सुनिल कुमार थापाले अनलाइनखबरसँग भने–‘काम गर्न सहज छैन । तत्काल नयाँ चलचित्रको काम सुरु गर्दा निर्मातालाई सहज हुने अवस्था छैन ।’
सुनिलले चलचित्र छायांकनका लागि आफूले वडा कार्यलयबाट अनुमती लिने गरेको बताए । उनले भने–‘हामीले जुन वडामा छायांकन गरिरहेका छौ, सो ठाउँको वडा कार्यलयबाट अनुमती लिएका छौ । तर, हाम्रो चलचित्रको काम कोभिडका कारण रोकिएकाले पनि धेरैले माया दर्शाउनुभएको हो । नयाँलाई सहज नहुन सक्छ ।’

पाटनमा चलचित्रको एक गीतको छायांकन गरेका सुनिलले पाटनको टोल सुधार समिती र स्थानिय बासिन्दाबाट सहयोग पाएको बताए । भने–‘हामीले नेवार समुदायको संकृती झल्कने गीतको छायांकन गरिरहेका छौ । यसैले पनि सहयोग पायौं ।’

अहिले छायांकन गरिरहेका निर्माताहरुले सामाजिक दुरी कायम गर्दै, थोरै यूनिटलाई राखेर काम गरिरहेका छन् । लकडाउन अगाडि निकै सजिलोसँग काम गरेका चलचित्रकर्मीले कोभिडपछि भने काम गर्न गाह्रो भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment