Comments Add Comment

१५ उत्कृष्ट करदाता घोषित, व्यक्तिगत आयकर बढी तिर्नेमा विजयकुमार शाह

७ मंसिर, काठमाडौं । सरकारले ९औं राष्ट्रिय कर दिवसको अवसर पारी उत्कृष्ट करदाता घोषणा गरेको छ ।  आन्तरिक राजस्व विभागले कर सप्ताहको आज अन्तिम दिन उत्कृष्ट १५ करदाताको नाम घोषणा गरेको छ ।

विभागका अनुसार आयकरतर्फ आर्थिक वर्ष २०७५/७६ र मूल्य अभिवृद्धि करतर्फ आर्थिक वर्ष २०७६/७७ लाई आधार मानेर सूची निकालिएको हो । विभागका अनुसार यस वर्ष व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने उद्योगी विजयकुमार शाह बनेका छन् । उनी विभिन्न लिकर कम्पनीका मालिक हुन् ।

विभागले हरेक वर्ष १ मंसिरका दिन कर दिवसको अवसर पारी उत्कृष्ट करदाता घोषणा गर्दै आएको थियो । तर, यो वर्ष सार्वजनिक बिदा र कोरोना भाइरसको महामारीका कारण साविकमा जस्तै कार्यक्रम गरी घोषणा भने सरकारले गरेन ।

विभागका अनुसार आव २०७५/७६ मा सबैभन्दा बढी कर तिर्ने कम्पनी सूर्य नेपाल भएको छ । निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनी भने डाबर नेपाल प्रालि रहेको छ ।

बढी आयकर तिर्ने विशेष उद्योगका रुपमा हिमाल पावर कम्पनी उत्कृष्ट घोषित भएको छ । कृषि एवम् पशुपंक्षी उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता अन्नपूर्ण एग्रो एण्डष्ट्रिज प्रालि घोषित भएको छ ।

पर्यटन व्यवसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनी तारागाउँ रिजेन्सी होटेल्स लिमिटेड भएको छ । विप्रेषणको कारोबार गर्ने कम्पनीमध्ये बढी आयकर आइएमई लिमिटेडले तिरेको छ । बैंक तथा वित्तीय संस्थामा बढी आयकर तिरेको नविल बैंक उत्कष्ट ठहर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment