Comments Add Comment

मेदभेदेबले जिते एटीपी फाइनल्सको उपाधि

८ मंसिर, काठमाडौं । रुसका डानिल मेदभेदेब वर्षको अन्तिममा हुने टेनिस प्रतियोगिता एटीपी फाइनल्स उपाधि जितेका छन् ।

लण्डनमा आइतबार राति भएको फाइनलमा एक सेट हारेर पनि पुनरागमन गर्दै अष्ट्रियाका डोमिनिक थिमलाई पराजित गर्दै मेदभेदेबले उपाधि जितेका हुन् ।

चौथो वरियताका मेदभेदेबले तेस्रो वरीयताका थिमलाई ४-६, ७-६, ६-४ को सेटमा पराजित गरे ।

२४ वर्षीय मेदभेदेबको यो करियरकै सबैभन्दा ठूलो उपाधि हो । पहिलो पटक एटीपी फाइनल्सको उपाधि जित्ने क्रममा मेदभेदेबले शीर्ष वरीयताका तीन खेलाडीलाई पराजित गरे ।

समूह चरणमा शीर्ष वरीयताका नोभाक जोकोभिचलाई हराएका उनले सेमिफाइनलमा दोस्रो वरीयताका राफेल नाडाललाई पराजित गरेका थिए  । उता थिमले  समूह चरणमा नाडाल र सेमिफाइनलमा जोकोभिचलाई हराएका थिए ।

लण्डनमा अन्तिम पटक एटीपी फाइनल्स आयोजना भएको हो । अर्को वर्षदेखि यस प्रतियोगिता इटलीको टुरिनमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment