Comments Add Comment

प्रदिप र मिलनको दुश्मनी कसरी टुङ्गियो ?

केही बर्ष अगाडि आयोजना भएको ‘एनएफडीसी राष्ट्रिय चलचित्र अवार्ड’मा निर्देशक मिलन चाम्स र नायक प्रदिप खड्काविच पानी बाराबारको अवस्था देखिएको थियो ।

चलचित्र ‘लिलिबिली’मा काम गर्दा चिसिएको मिलन र प्रदिपको सम्बन्ध सार्वजनिक कार्यक्रममा पनि स्पष्ट देखियो । उनीहरुविच बोलचाल नै बन्द भयो । मिडियामा पनि आरोप–प्रत्यारोपमा उनीहरु उत्रिए ।

तर, अहिले फेरि मिलन र प्रदिप एक अर्कासँग सहकार्य गर्न तम्सिएका छन् । एक अर्कासँग पानी बाराबारको अवस्थामा पुगेका यी दुइविच सहकार्यकै अवस्था कसरी आयो त, मिलन भन्छन्–‘हामीविचमा शितयुद्ध लामो समयसम्म चलेको होइन । हामीले एक अर्कासँग भेटघाट गरिरहेका थियौं । तर, सार्वजनिक रुपमा थाहा नभएको मात्र हो । दर्शकले फोटो खिच्न खोज्दा पनि हामीले सिंगल सिंगल नै खिच्न भन्ने गरेका थियौं ।’

मिलन र प्रदिपविच तत्काल सहकार्य हुने संभावना भने छैन । तर, दुबैले एकसाथ काम गर्ने तयारी भने गरेका छन् । मिलन भन्छन्–‘प्रदिपलाई नै मन परेको एउटा स्क्रिप्ट मसँग छ । तर, प्रदिप र मेरो पाइपलाइनमा केही चलचित्र भएकाले तत्काल काम गर्न सम्भव नभएको हो । हामी, दुबैको पाइपलाइनको चलचित्र सकेपछि काम गर्छौ ।’

पछिल्लो समयमा निर्देशक मिलन चाम्सको सम्बन्ध नायक अनमोल केसी र पल शाहसँग भने चिसिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment