
८ मंसिर, काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडनले एन्टोनी ब्लिन्केनलाई विदेशमन्त्री बनाउने तयारी गरेका छन् । बाइडननिकट स्रोतलाई उदृत गर्दै सीएनएनले लामो समयसम्म विदेशनीतिका सल्लाहकारको रुपमा रहेका ब्लिन्केन विदेशमन्त्रीको रुपमा मनोनित भएको बताएको हो । मंगलबार बाइडनले आफ्नो सरकारको पहिलो राउण्डको घोषणा गर्नेछन् ।
आगामी कार्यकालमा ह्वाइट हाउसको चिफ अफ स्टाफ बन्न गइरहेका रोह क्लाइनले यसअघि मंगलबार बाइडनले आफ्नो क्याबिनेटका केही सदस्यहरुको घोषणा गर्ने बताएका थिए । बाइडनले अमेरिकाका सहयोगी मुलुकसँगको सम्बन्धलाई प्राथमिकतामा राखेका छन् । ब्लिन्केनले बाराक ओबामाको पालामा सहायक विदेशमन्त्री र मुख्य सहायक राष्ट्रिय सुरक्षा सल्लाहकारको रुपमा काम गरेका थिए । त्यसअघि उनले बाइडनको नेतृत्वमा रहेको सिनेट फरेन रिलेसन्स कमिटीमा पनि डेमोक्रेटिक स्टाफ डिरेक्टरको रुपमा काम गरेका थिए । साथै उनले पूर्व राष्ट्रपति बिल क्लिन्टनको पालामा ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद् कर्मचारीको रुपमा काम गरेका थिए ।
स्रोत : सीएनएन
प्रतिक्रिया 4