
८ मंसिर, काठमाडौं । विद्यालय शुल्कको विवादमा पक्राउ परेका मोर्गन इन्टरनेसन कलेज, बसुन्धाराका विद्यार्थी धरौटीमा छुटेका छन् । कक्षा १२ को परीक्षा दिने तीनै विद्यार्थीलाई जनही चार हजार रुपैयाँ धरौटीमा छोडिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली पराजुलीले जानकारी दिए ।
मोर्गन कलेजले विद्यार्थीले अभद्र व्यवहार गरेको दाबीसहित प्रहरीमा उजुरी दिएको थियो ।
अभिभावकहरूले भने गैरकानुनी शुल्कको विरोध गरेका विद्यार्थी र अभिभावकविरुद्ध कलेजले उजुरी दिएको बताएका छन् । आंशिक परीक्षा दिनुपर्ने विद्यार्थीसँग पनि कलेजले प्रति विषय जनही १२ हजार रुपैयाँ र सेनिटाइजरबापत ६ हजार रुपैयाँ मागेको अभिभावकहरूको भनाइ छ ।
राष्ट्रिय परीक्षा बोर्डले भने आंशिक विद्यार्थीसँग शुल्क लिने अधिकार कलेजलाई नभएको बताएको छ । कक्षा १२ को परीक्षा मंगलबार बिहानबाट सुरू हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4