+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
Biratnagar won by 3 wickets
Won विराटनगर किंग्स 2025
163/7 (19.5)
Shares

पैसा तिर्न नसकेपछि अस्पतालले २ दिन रोक्यो शव

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ८ गते १८:५२

८ मंसिर, विराटनगर । नोबेल मेडिकल कलेजले पैसा बुझाउन नसकेका विपन्न नागरिकको शव दुई दिनसम्म रोकेर राखेको छ । शनिबार नोबेलमा उपचारका क्रममा केराबारी गाउँपालिका– ९ बेलचौरीका युवक बिक्की ऋषिदेवको शव सोमबारसम्म रोकेर राखेको हो ।

अति विपन्न परिवारका बिक्कीलाई स्थानीयले चन्दा उठाएर नोबेलमा अस्पताल भर्ना गराएका थिए । मृत्युपछि आफन्तलाई पैसा नतिरे शव नदिने भन्दै अस्पतालले दुई दिन रोकेको हो ।

केही दिनअघि भर्ना भएका बिक्कीको शुक्रबार टाउकोको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया असफल भएपनि शनिबार उनको मृत्यु भयो । मृत्युपछि छिमेकीले शव दिन अस्पताललाई आग्रह गरे । तर अस्पतालले छुट नदिने भन्दै मृतकको शव लैजान दिएन ।

‘अति बिपन्न परिवारका बिक्कीको उपचारका लागि चन्दा उठाएर अस्पताल भर्ना गरेका थियौं’ नेकपा केराबारीका नेता राम कार्कीले भने ‘५५ हजार रुपैयाँ पुगेन, छुट गर्न आग्रह गर्दा मानेनन्, भोलि पैसा दिन्छौं भन्दा शव दिएनन् ।’

आइतबार शव लिन आएका छिमेकीलाई शव नदिएपछि रित्तो हात फर्किएको उनले बताए । सोमबार शुल्क तिरेर शव लगेको उनले बताए ।

बिक्कीको टाउकोको शल्यक्रियाका लागि एकलाख ८२ हजार २०० रुपैयाँ बिल उठेको थियो । सो रकममध्ये ५८ हजार रुपैयाँ सरकारले विपन्न नागरिक सहायता कोषबाट जुट्यो । ३८ हजार रुपैयाँ चन्दा उठाएर अग्रिम बुझाएका कारण ५५ हजार रुपैयाँ पुगेन ।

पैसा नपुग्दा अस्पतालले कुनै हालतमा शव दिन्न शव ल्याउन नदिएको स्थानीयको गुनासो छ । कार्कीका अनुसार ५५ हजार रुपैयाँको चेक दिएर लैजान्छु भन्दा पनि आइतबार अस्पतालले शव दिएन ।

‘चन्दा उठाएको पैसाले पुगेन । साथीहरुले चेक दिएर शव ल्याउन खोज्दा क्यास चाहिन्छ भन्दै शव दिएनन्’ उनले भने ‘सोमबार पुनः चन्दा उठाएर अस्पताललाई तिरियो ।’

उनका अनुसार बिक्कीको उपचारका लागि बिक्की बचाउ अभियान चलाइएको थियो ।

यता नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले यो घटनाबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?