Comments Add Comment

भरतपुर अस्पतालमा कोरोना संक्रमित पुरूषको मृत्यु

९ मंसिर, चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संकमित पुरूषको मृत्यु भएको छ ।

मंसिर ४ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएका रत्ननगर नगरपालिका–१० का ५२ वर्षीय पुरुषको मंगलबार विहान मृत्यु भएको हो ।

मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरूषको स्वास्थ्य अवस्था जटिल भएपछि सोमबार उनलाई कोभिड आइसियूमा राखेर उपचार गरिएको थियो ।

चितवनमा कोरोना संक्रमणबाट हालसम्म ८७ जनाको मृत्यु भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment