+
+
Shares

साउदीमा बिरामीको शल्यक्रिया गर्न गएका डाक्टरको अपरेसन कक्षमै मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ९ गते १२:३०

९ मंसिर, काठमाडौं । साउदी अरेबियामा बिरामीको शल्यक्रिया गर्न गएका एक डाक्टरको अपरेसन कक्षभित्रै मृत्यु भएको छ । साउदी सञ्चारमाध्यमहरुका अनुसार हाडजोर्नीसम्बन्धी शल्यक्रियाको लागि तयारी गरिरहेकै बेला डाक्टरको मृत्यु भएको हो । शुक्रबार खामित मुसाइत सिभिल हस्पिटलमा हृदयाघातको कारण महदी अल एमारीको मृत्यु भएको हो ।

शल्यक्रिया गर्ने तयारी गर्दै गर्दा सहयोगीहरुले उनी अस्वस्थ रहेको देखेका थिए । स्वास्थ्य परीक्षण गर्दा उनीमा मुटुको समस्या देखिएको थियो । सहयोगीहरुका अनुसार उनको पेट दुखेको थियो र उनी निकै थकित तथा पीडामा देखिन्थे । त्यसपछि उनी उनले आफ्नो स्वास्थ्य परीक्षण गर्न अस्वीकार गर्दै बिरामीको अपरेसन गर्ने अडान राखेका थिए । तर, उनको स्वास्थ्य परीक्षण गरी इलेक्ट्रोडायग्राम गर्दा उनलाई हृदयाघात भएको पाइएको अस्पतालले बताएको छ । यद्यपि इलेक्ट्रोडायग्राम गरेपछि उनले अपरेसन गरे वा गरेनन् भन्ने खुलाइएको छैन । अस्पताले आफ्नो काम गर्दागर्दै मृत्युलाई प्राप्त गरेको उल्लेख गरेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?