+

बंगलादेशबाट फर्किएका सबै फुटबल खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

२०७७ मंसिर  ९ गते १२:५८ २०७७ मंसिर ९ गते १२:५८
बंगलादेशबाट फर्किएका सबै फुटबल खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

९ मंसिर, काठमाडौं । बंगलादेशसंग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर स्वदेश फर्किएको नेपाली राष्ट्रिय फुटबल टिमका सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

बंगलादेशबाट फर्किएपछि सोमबार खेलाडीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र सबै २५ खेलाडीको रिपोर्ट नेगेटिभ आएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

नेपाली फुटबल टिम गत बिहीबार बंगलादेशबाट स्वदेश फर्किएका थिए भने सबै खेलाडी सातदोबाटोस्थित एन्फाको होस्टलमा बसेका थिए ।

कोरोना नेगेटिभ आएपछि एन्फाले सबै २५ खेलाडीलाई घर जान दिएको छ । अब १५ दिनको आराम दिने एन्फाले जनाएको छ । आरामपछि खेलाडीले फेरि प्रशिक्षण सुरु गर्ने पनि एन्फाले जनाएको छ ।

 

कोरोना भाइरस खेलकुद फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय