Comments Add Comment

बिल गेट्सलाई उछिन्दै मस्क बने विश्वकै दोस्रो धनी व्यक्ति

Photo Credit : EPA

९ मंसिर, काठमाडौं । बिल गेट्सलाई उछिन्दै अर्बपति उद्यमी एलन मस्क विश्वको दोस्रो सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लूमबर्गको बिलिनियर इन्डेक्सअनुसार टेस्लाको शेयर भाउ बढेसँगै उनको नेटवर्थ पनि सात अर्ब २० करोड डलर बढेको हो । यससँगै उनको समग्र नेट वर्थ एक खर्ब २७ अर्ब ९० करोड डलर पुगेको छ । मस्कले केही समयअघि मात्र फेसबुकका सीईओ मार्क जुकरबर्गलाई उछिन्दै सबैभन्दा धनी मानिसको सूचीमा तेस्रो स्थानमा आएका थिए । सन् २०२० मा मात्र मस्कको सम्पत्ति एक खर्ब डलरले बढेको छ । गत जनवरीमा ब्लूमबर्गको पाँचसय सबैभन्दा धनी मानिसको सूचीमा मस्क ३५ औं स्थानमा थिए ।

विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ रहेका मस्क सबैभन्दा धनी मानिसको सूचीमा अमेजनका सीईओ जेफ बेजोसभन्दा पछाडि छन् । बेजोस विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स भने सबैभन्दा धनी व्यक्तिको सूचीमा तेस्रो स्थानमा छन् । उनको समग्र सम्पत्ति एक खर्ब २७ अर्ब ७० करोड डलर छ । यद्यपि उनले अहिलेसम्म ५० अर्ब डलर दान गरिसकेका छन् । उनले अधिकांश रकम आफ्नो बिल एण्ड मेलिण्ड गेट्स फाउण्डेसनबाट खान गरेका छन् । यो संस्थाले अहिले कोरोना खोप विकासको लागि पनि सहयोग गरेको छ ।

स्रोत : द गार्जियन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment