Comments Add Comment

महोत्तरीमा प्रहरीको गोली लागेका एक जनाको मृत्यु

१० मंसिर, महोत्तरी । महोत्तरीको बर्दिबासमा बालिका हत्याको बिरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।

बर्दिवास नगरपालिका वडा नम्बर १ बस्ने ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

दुवै तीघ्रामा गोली लागेर घाइते भएका न्यौपानेलाई हेलिकप्टरमार्फत् काठमाडौंस्थित ग्रान्डी अस्पतालमा ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको परिवारका सदस्य सौगात न्यौपानेले बताए ।

बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया बालिकाको हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिवासमा मंगलबार सडक अवरुद्ध पारेका थिए । राजमार्ग खुलाउन प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास र गोली चलाएको थियो । गोली लागेर तीनजना घाइते भएका थिए ।

घाइतेमध्ये एक जनाको मृत्यु भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ । ‘के गर्ने भनेर हामी बैठकमा छलफल गर्दैछौं,’ प्रजिअ कटुवालले भने ।

अहिले पनि राजमार्ग क्षेत्रमा ठूलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ ।

बर्दिवास नगरपालिका–१४ का सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव सोमबार मध्यराति फेला परेको थियो । बस्तीबाटै हराएकी खातुनको शव हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा भेटिएको थियो ।

बालिका हत्या आरोपमा प्रहरीले गौशाला नगरपालिका ५ घर भई बर्दिवास नगरपालिका १४ बस्ने २५ वर्षीय अरुण कुमार साहलाई पक्राउ गरेको छ । हत्याको आरोप लागेका साहको घरमा मंगलबार बिहान आक्रोशित स्थानीयले आगजनीसमेत गरेका थिए । घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

यो पनि पढ्नुहोस बर्दिवास घटना : न्यायप्रति आश मरेपछिको परिणाम यो पनि पढ्नुहोस बर्दिवासमा निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन रोक

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment