Comments Add Comment

अफगानिस्तानमा दुई विष्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु

Photo Credit : Reuters

१० मंसिर, काठमाडौं । अफगानिस्तानको बामियान प्रान्तमा भएको दुई शक्तिशाली विष्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । साथै यी घटनामा परी थप ४५ जना घाइते भएका छन् । सो प्रान्तका अधिकारीहरुले मंगलबार दिएको जानकारी अनुसार बमियान सहरको मुख्य बजारको सडक छेउमा दुई बमहरु लुकाएर राखिएको थियो । सोही बम विष्फोट हुँदा दुई ट्राफिक प्रहरीसहित १४ जनाको मृत्यु भएको हो । त्यस्तै नजिकैको रेष्टुरेन्ट र पसलमा रहेका थप ४५ जना मानिसहरु पनि घाइते भएका छन् ।

अफगानिस्तानको सहयोगका लागि स्विट्जरल्याण्डमा सम्मेलन चलिरहेको अवस्थामा अफगानिस्तानमा उक्त विष्फोट भएको हो । यो विष्फोट कसले गराएको हो भन्ने विषयमा भने अझै खुल्न सकेको छैन । अफगानिस्तानको मुख्य विद्रोही तालिबानले यो घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । अफगानिस्तान र तालिबानबीच कतारमा दुई दशकदेखि मुलुकमा जारी युद्ध अन्त्य गर्न शान्तिवार्ता चलिरहेको छ ।

सन् २०२० को सुरुआती नौ महिनामा सरकार र तालिबानका लडाकुबीचको युद्धमा परी ६ हजार अफगानी नागरिकको मृत्यु वा घाइते भएका थिए ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment