+
+
Shares

बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १० गते १४:५१

१० मंसिर, काठमाडौं । काठमाडौंको बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्ड रुद्रबहादुर मगरमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त बानेश्वरले सुरक्षा गार्ड मगरमाथि खुकुरी प्रहार गरेको अभियोगमा काठमाडौंको थापागाउँ बस्ने ३१ वर्षीय शशी थापालाई पक्राउ गरेको हो ।

गत असोज २९ गते सामान्य विवादका क्रममा सुरक्षा गार्ड मगरमाथि खुकुरी प्रहार भएको थियो ।

थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?