+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘यो मेसिनको सहर हो’ कविता संग्रह कोरियाली भाषामा अनुवाद

रासस रासस
२०७७ मंसिर १० गते १५:१५

१० मङ्सिर, सउल । दक्षिण कोरियामा काम गर्दै साहित्य साधना गरिरहेका नेपाली कविका नेपाली कविता कोरियाली भाषामा अनुवाद भई पुुस्तक प्रकाशन भएको छ । ‘यो मेसिनको सहर हो’ नामक प्रकाशित काव्यमा ३५ कविका दुईदुई कविता गरी ७० कविता समाविष्ट छन् ।

कृतिमा सुरेशसिंह सम्बाहाङ्फे, सेसेफुङ सेर्मा, सुष्मा रानाहँछा, शकुन आँशु, खोम गुरुङ, बाबु बलिन्द्र, सुन्दर गाउँले, निर्गराज राई, रमेश सायन, गनिन्द्र विवश, रामकुमार राई, मधु सिङ्जाली मगर, विङ्कल चेम्जोङ, सञ्जय काउछा, दीपा मेवाहाङ राई, यल्जी विवश, वियोगी काइँलालगायतका कविता समाविष्ट छन् ।

युरेशिया कल्चरल फोरम दक्षिण कोरियाले प्रकाशन गरेको सो कृतिको सम्पादन नेपाली कवि पराजित पोमुले गर्नुभएको हो । ती कविता कोरियाली भाषामा मोहन कार्की(नेपाल) र कि जु लि(दक्षिण कोरिया)ले संयुक्तरुपमा अनुवाद गरेका हुन् ।  सङ्ग्रहमा कोरियाको औद्योगिक क्षेत्रमा उठ्ने गरेको सामाजिक समस्याका साथै अन्य विषयमा लेखिएका कविता राखिएका छन् ।

कृतिलाई रेड अवार्ड

प्रकाशनको केही दिनमै ‘यो मेसिनको सहर हो’ कृतिलाई दक्षिण कोरियाको राजधानी सउलमा रुसी बोल्सेभिक क्रान्तिको स्मृतिका अवसरमा आयोजित कार्यक्रममा ‘रेड अवार्ड’ प्रदान गरिएको छ ।

कोरियामा विभिन्न सामाजिक क्षेत्रमा उठ्ने गरेका समस्याका विषयमा आधारित कला, सङ्गीत, साहित्य र समाजसेवा गरी चार विधालाई छनोट गरी प्रत्येक वर्ष कोरियाको प्रगतिशील पक्षधरले पुरस्कार प्रदान गर्ने गर्छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?